सहारा दैनिक

spot_img
Homeदेशमधेशबिन्दवासनी गापाद्वारा महासंघलाई १ लाखको सहयोग

बिन्दवासनी गापाद्वारा महासंघलाई १ लाखको सहयोग

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ जेठ ।
पर्सा जिल्ला बिन्दवासनी गाउपालिकाले नेपाल पत्रकार महासंघ पर्साको भवन निर्माणका लागी रु. एक लाखको सहयोग गरेको छ ।
आईतवार बिन्दवासनी गाउपालिका अध्यक्ष प्रमोद तिवारीले एक कार्यक्रम विच महासंघका अध्यक्ष अनुप तिवारीलाई एक लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।
बिन्दवासनी गाउपालिका अध्यक्ष तिवारीले संचारकर्मीहरूको साझा संस्थाको पुर्वाधार तथा प्रविधीको विकाशमा आफु सदैव सकारात्मक रहेको बताउनु भयो ।
महासंघ पत्रकारहरूको संरक्षण ,दक्षता,र भौतिकपूर्धारको क्षेत्रमा राम्रोसंग काम गरेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष तिवारीले आउदो बजेटमा पनि पत्रकार महासंघको लागी आवश्यक योजना छुट्याउने बताउनु भयो ।
सो अवसरमा बिन्दवासनी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह,नेपाल पत्रकार महासंघका कोषाध्यक्ष संजिव मिश्राको उपस्थिति रहेको रहेको थियो ।
नेपाल पत्रकार महासंघ पर्साको तेश्रो तल्ला निर्माणको क्रममा रहेको छ । त्यसैगरि भुई तल्लामा लाईब्रेरी,आधुनिक प्रविधियुक्त डेस्क तथा राउन्ड टेबल मिटिंग हलको निर्माण भईरहेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -