spot_img
Homeदेशमधेशअवैध चाँदी र कस्मेटिक सामानहरु राजस्वमा

अवैध चाँदी र कस्मेटिक सामानहरु राजस्वमा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ जेठ ।
पर्सा प्रहरीले नियन्त्रणमा लिएको अवैध चाँदी सहित मानिस र बिल बिजक भन्दा बढी कस्मेटिक लगायतका सामानहरू सहितको पिकअप राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
भारतबाट अवैधरूपमा ल्याउदै गरेको अवस्थामा इनर्वा प्रहरी चौकीको टोलीले नियन्त्रणमा लिएको चाँदी सहितका मानिस र वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको कस्मेटिक लोड पिकअप आवस्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको हो ।
इनर्वा प्रहरी चौकीबाट खटिएको नियमित चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ति स्थित सडकखण्ड शुक्रवार चेकजाँच गर्ने क्रममा संकास्पद रुपमा पैदल हिडि रहेकी वीमनपा वडा नं. ४ की ५० वर्षीया उमा देवीलाई खानतलासी गर्दा निजले बोकेको सेतो झोलाभित्र प्लाष्टिकले बेरेर राखिएको चाँदी जस्तो देखिने धातुबाट बनेको पाउजु–३९ जोर, औठी– ९५ पिस जम्मा (तौल २१०८ ग्राम) फेला परेको थियो ।
औठी र पाउजुहरू फेला परे पछि निजलाई नियन्त्रणमा लिई गहनाहरुको अं.रु. १ लाख १२ हजार १६ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि आइतवार राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार वीमनपा वडा नं. २५ चण्डालचोक स्थित सडकखण्डमा द्यच्ण्छन्ऋ छघढछ नम्बरको मालवाहक पिकअप रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा विल बिजक संकास्पद देखिए पछि नियन्त्रणमा लिएर अ.मु.रू ५८ लाख ५९ हजार ४७ मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी आइतवार नै राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -