सहारा दैनिक

spot_img
Homeसमाचारभ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा–उपप्रधानमन्त्री श्रेष्ठ

भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा–उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २७ वैशाख (रासस)
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन तथा सुशासन कायम गर्न भ्रष्टाचारको नियन्त्रणलाई सरकारले मूल प्राथमिकतामा राखेको बताउनुभएको छ ।
आज गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेताहरूसँगको भेटघाटका क्रममा उहाँले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखेर काम गरेको र यस कार्यमा संलग्नहरूलाई पूर्वाग्रह नराखी काम गर्ने बताउनुभयो ।
नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगीमा संलग्न भएका जो कोहीलाई कारबाही हुने उहाँले स्पष्ट पार्नुभयो ।
गृहमन्त्रीसँगको भेटमा कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध उहाँले चालेको कदमको प्रशंसा गर्नुभएको थियो । नक्कली शरणार्थीसम्बन्धी यो पछिल्लो अनियमितताको अझै अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याएर तार्किक निष्कर्षमा पु¥याउनसमेत नेताहरूले अनुरोध गर्नुभएको थियो ।
कांग्रेसका नेताहरू गुरुराज घिमिरे, मधु आचार्य, रञ्जीत कर्ण, भूपेन्द्रजङ शाही, नरेश यादव, डा गोविन्द पोखरेललगायत आज अपराह्न गृह मन्त्रालय पुग्नुभको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -