सहारा दैनिक

spot_img
Homeसमाचारसिके राउतका सामु उपेन्द्र यादव निरिह

सिके राउतका सामु उपेन्द्र यादव निरिह

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमा देखिएको सतालिप्सा र पदलोलुपताका कारण नचाहेर पनि बाराका सोझा जनता उपचुनावमा सहभगी हुन बाध्य भएका छन ।
यसले गर्दा एकातिर आर्थिक संकटले ग्रसित नेपाल माथि अनावस्यक खर्चको भारी थोपिएको छ भने बारा–२ का जनताले सोझा, इमान्दार, भलादमी एवं मिलनसार नेता रामसहाय यादवको प्रतिनिधित्वबाट बिहिन भएका छन ।
उपराष्ट्रपतिको पद नेपालमा खासै भूमिका गर्ने लायक अवस्थामा रहेको छैन केवल तलब भत्ता र धार्मिक कार्यक्रमहरुमा आसन ग्रहण गर्ने कार्य मै उपराष्ट्रपतिको भुमीकालाई सिमित पारिएको छ ।
सकृय राजनिति गर्ने उमेर दुई दशक बाकि रहदा पनि बारा–२ का सांसदलाई उपराष्ट्रपतिमा पठाएर उपेन्द्र यादवले प्रतिनिधिसभामा आफ्नो पहुचको मार्ग प्रशस्त गरेका हुन ।
उपेन्द्र यादव चुनाव जितेर गए पनि देशको प्रधानमन्त्री बन्ने सम्भावना छैन । नत उनको आवस्यकता नै देशको संसदलाई रहेको छ । तर पद र सत्ता बिना बाच्नै नसक्ने मानसिक्ताबाट ग्रसित यादव जसरी भए पनि संसदमा पुग्न चाहन्छन । सुन्सरी, मोरंग र सप्तरी हुदै अब उनी बाराबाट चुनाव लड्दै छन ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नै मसिंर ४ मा उनलाई सप्तरी २ मा पराजित गरेका थिए र एक पटक पुनः प्रतिनिधिसभामा प्रवेशको उनको मार्ग रोक्न स्थानीय जनसेवी नेतालाई आफ्नो उम्मेदवार बनाएका छन ।
मधेशी राजनितिमा डा. राउतको प्रवेश संगै उपेन्द्रको प्रभाव, लोकप्रियता र जनमर्थनमा ह्रास आउन थालेको छ । डा. सिके राउत नै अब मधेशमा असली नेता सावित हुने सम्भावना बढ्दै गएको छ ।
मन्त्री बन्ने अवसर प्राप्त हुंदा पनि उनले त्यसलाई अस्वीकार गरेर आफुलाई उपेन्द्र यादव लगायतका नेताहरु भन्दा आफुलाई प्रथम स्वच्छ छवीका मधेशी नेताको रुपमा सावित गर्न सफल भएका छन । डा. राउत युवा हुन, वैज्ञानिक रहिसकेका हुन । नासा जस्तो अमेरिकाको प्रतिष्ठीत अनुसन्धान संगठनमा काम गरिसकेका व्यक्ति भोलीका दिनमा देशका बौधिक सम्पदा पनि सावित हुन सक्छन ।
मधेशका मुद्दालाई उनले नया तरिकाले, आधुनिक परिवेस अनुकुल र समाधान खोज्ने मनसायले अघि सरेका हुन । तराई–मधेशका आर्थिक, समाजिक र राजनितिक रुपले कमजोर समुदायबाट आएका डा. राउत सबै मधेशीका निम्ती एउटा छाता बन्न सक्ने सम्भावना देखिन्छ ।
उनले जती प्रभावकारी तरिकाले तथा ससक्त रुपमा मधेशको मुद्दालाई उठाएका छन त्यती कसैले पनि उठाएको थिएन । तर उनको नेतृत्व, उनको आन्दोलन र उनको संगठनलाई कमजोर बनाउन उपेन्द्र यादवले अनवरत रुपमा प्रयत्न गर्दै रहे । तर आफ्नो भिजन प्रति इमान्दार डा. राउतले आम निर्वाचनमा भाग लिएको पहिलो पटकमा नै आफ्नो पार्टीलाई राष्ट्रिय मान्यता दिलाउन सफल रहे ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शुरुमा सुनसरी र त्यस पछि मोरङलाई आफ्नो कर्मस्थल बनाएका थिए । उपरोक्त दुई ठाउबाट उनले चुनावमा सफलता पनि पाए र असफलता पनि । तर उपरोक्त दुवै जिल्लामा जनताले उनी माथी पत्यार गर्न छोडे पछि उनले सप्तरी २ लाई रोजे तर गत मंसिर ४ मा डा. सिके राउतको प्रभाव र लोकप्रियता सामु टिक्न सकेनन् र यादव बाहुल्य निर्वाचन छेत्रमा पनि उनी पराजित भए । जवकि सप्तरीबाट जसपाका २ जना विधायक ५ साल सम्म अनवरत रुपमा प्रदेशिक सरकारका महत्वपुर्ण मन्त्री थिए । उपेन्द्र यादवले पनि संघीय सरकारमा सहभागी भई के.पि. ओली नेतृत्वको सरकारमा (स्वास्थ्य र कानुन मन्त्री) आफु निकै काम गरेको दावी गरेका थिए । डा. राउत वर्तमान अवस्थामा मधेशी माझ निकै लोकप्रिय सावित भइरहेका छन ।
गत मंसिर ४ मा भएको आम निर्वाचन र प्रादेशिक निर्वाचनमा पनि जनमत पार्टी सित श्रोत एवं साधनको निकै अभाव थियो । तर पटक–पटक सरकारमा गई मन्त्री भई भ्रष्टाचार गरेर अथाह सम्पति आर्जन गरेकाहरु सित चुनावमा प्रतिस्पर्धा गर्नु परेको थियो तर पनि जनमत पार्टीले उल्लेखित सफलता हासिल ग¥यो । डा. राउत सत्ताधारी गठबन्धनमा सहभागी भएर बारा २ को उप चुनावमा जसपाको उम्मेदवारलाई समर्थन गरेनन् । उनी त्यहाबाट स्थानीय नेतृत्वले चुनाव जित्नु पर्ने मानसिक्ता बनाएका थिए ।
स्थानीय नेतृत्व विकसित हुनु पर्दछ, बारा २ का अथवा बाराकै कुनै नेता चुनाव जित्नु पर्छ भन्ने उनको चाहना थियो । ४ महिना अघि मात्रै जनताबाट अस्वीकार गरेका अनुहार आंखीझ्याल (भेन्टीलेशन) मार्फत संसदमा प्रवेश गर्नुलाई उनले जमन र लोकतन्त्रको अपमान ठानी उपेन्द्र यादवको उम्मेदवारीको समर्थन गर्न चाहेनन् । जनमत पार्टीले बारा २ मा घोषित गरेको उम्मेदवार स्थानीय नेता पनि हुन र जनताको सुख दुःखमा निरन्तर लागी रहने अनुहार हुन । उपेन्द्र यादव विजयी अथवा पराजित जे भए पनि बारा २ सित खासै साइनो राख्ने छैनन् । तर जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहा साधारण परिवारबाट जनताको समस्यालाई लिएर दिनहु संघर्ष गर्ने नेता हुन ।
जनमतका अध्यक्ष डा. राउनको अपिलको जनताले स्वागत पनि गरेका छन र समर्थन पनि गर्ने सम्भावना छ । ६ महिना अघि मात्रै नेकपा एमालेको सहयोग र समर्थनबाट जसपाले चुनाव लडेको थियो, जितेको थियो । चुनाव पश्चात नेकपा एमाले संलित सरकारमा सहभागी पनि भएको थियो । तर बारा २ उप चुनावमा नेकपा एमालेले आफ्नो छुट्टै उम्मेदवार खडा गर्ने घोषणा परे पछि मात्रै जसपाका अध्यक्ष पांच दलीय गठबन्धन सित तालमेल गरे । जवकी जनमत पार्टी भने गठबन्धनको वास्ता नै नगरी बारा २ मा उप चुनाव लड्ने घोषणा ग¥यो । जनमत पार्टीका अध्यक्ष डा. राउतको बढ्दो लोकप्रियताले जसपा अध्यक्षलाई विचलित पारिदिएको छ । बाराको उपचुनाव पनि जसपाको निम्ती सजिलो हुन गइरहेको छैन । हार्ने सम्भावना नै बढि छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -