सहारा दैनिक

spot_img
Homeदेशमधेशयुवक हत्या आरोपमा एक दम्पती पक्राउ

युवक हत्या आरोपमा एक दम्पती पक्राउ

वीरगंज, ०८ बैशाख ।
युवकको हत्या गरी फरार रहेका एक दम्पतीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
गत २०७९ मंसिर २७ गते बारा जिल्ला जितपुर सिमरा उमनपा वडा नं. ८ को २२ वर्षीय महेश साहको हत्या गरी फरार दम्पतिलाई बारा प्रहरीले पक्राउ गरेको हो ।
साह हत्या आरोपमा प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वा बस्ने २४ वर्षीया रामु भनिने कैलास महतो र रोसनी भनिने २० वर्षीया हिरादेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनु भयो ।
गत वर्ष २०७९ मंसिर २७ गते राति अन्दाजी ९ बजेको समयमा विश्रामपुर गाउँपालिका वडा नं. ५ इट्याही स्थित दरबार कोलनी क्षेत्रमा भुलन चौरसियाको खेतमा रहेको परालको भुसमा जितपुरसिमरा उमनपा वडा नं. ८ राजानगरको सुरज भनिने महेश साहको हत्या गरेर शव लुकाइराखेको अवस्थामा फेला परेको थियो ।
सोही सम्बन्धमा अनुसन्धानका क्रममा हिरादेवी र मृतक महेश कोठामा सँगै बस्ने गरेको भए पनि महेश र हिरादेवी बीच विवाह गर्ने कुरा भएको तर हिरादेवीको पहिला नै विवाह भई छोरीसमेत भएको हुँदा महेशको घर परिवारका मानिसले विवाह गर्न नमानेको खुलेको प्रहरीले जनाएको छ ।
त्यसै क्रममा मंसिर २७ गते राति हिरादेवी र महेशलाई हिरादेवीका श्रीमान् कैलाशले घटनास्थल नजिकै साथमा भेटेपछि मृतकसँग विवाद भई निजहरुले तारले घाँटीमा कसेर हत्या गरी शव परालको भुसमा लुकाएर भागेको अनुसन्धानबाट खुलेको प्रउ बोगटीले जानकारी दिनु भयो ।
भाग्ने क्रममा कैलाश र हिरादेवी भारतको बिहारदेखि दिल्ली हुँदै केरला मलप्पुरम जिल्ला पुगेका थिए ।
निजहरुलाई केरला प्रहरीसँग समन्वय गरी खोजतलास गरिरहे कै अवस्थामा यही वैशाख ६ गते नेपाल र भारतको सीमाना नजिकबाट पक्राउ गरिएको प्रउ बोगटीले बताउनु भयो ।
पक्राउ परेका दम्पतिलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गरी अनुसन्धान भइरहेको उहाले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -