spot_img

निर्यातलाई प्रोत्साहन गर्नुपर्छ–अध्यक्ष गोल्छा

काठमाडौँ, २१ पुस (रासस)
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र बलियो बनाउन निर्यात क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल निर्यात परिषद्ले स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘निर्यातयोग्य वस्तुको मेला तथा प्रदर्शनी’ कार्यक्रममा उहाँले विप्रेषण, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्नसके मुलुकको अर्थतन्त्र बलियो हुने बताउनुभएको हो ।
मुलुकको अर्थतन्त्र विप्रेषणमात्रै आएर चल्दैन, विप्रेषण, निर्यात र पर्यटन तीनवटै क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ, उहाँले भन्नुभयो । अध्यक्ष गोल्छाले सरकारले विप्रेषणा भित्र्याउने, नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका तीनवटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले सरकारले विदेशी मुद्रा आर्जनका लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । बैकिङ प्रणालीमा तरलताको अभाव र शोधनान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको उहाँको भनाइ थियो ।
विसं २०५३ मा स्थापना भएको निर्यात परिषद्ले नेपालमा उत्पादित परम्परागत हस्तकला, फेल्ट, कार्पेट, गलैँचा, हातेकागजलगायतका सामाग्री विदेशमा निर्यात गर्दै आएको छ । उक्त परिषद्मा हाल देशभरका तीन सयभन्दा बढी निर्यात व्यवसायीको सहभागिता रहेको परिषद्का अध्यक्ष रेशम पोखरेलले जानकारी दिनुभयो । प्रदर्शनीमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ । दुई दिनसम्म चल्ने प्रदर्शनीमा २० वटा स्टल राखिएका छन् ।

Facebook Comments Box

यो समाचार पढ्न छुट्नुभयो ?

कांग्रेस नेता आलम सहित चार जनालाई जन्मकैद

राधेश्याम साह––––––––––––––– गौर, १३ बैशाख । ज्यान मुद्दामा पुर्व पक्षको लागी जेलमा रहेका...

सशस्त्र प्रहरी बलद्वारा मदन गुप्ताको दुर्गा क्यारियरको गोदाममा छापाः ५० लाख मुल्य बराबराको अवैध कपडा, काजु लगायतका सामान बरामद

सहारा संवाददाता––––––––––––––– वीरगंज, ०८ बैशाख । सशस्त्र प्रहरी बल पर्साले ५० लाख मुल्य...

पम्पम बिल्डिंगमा प्रहरीको छापा, संस्थागत तस्करी भैरहेको पुष्टी

सहारा संवाददाता––––––––––––––– वीरगंज, ०६ बैशाख । पर्सा प्रहरीले वीरगंज महावीर स्थान स्थित पम्पम...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधार गर्न निर्देशन

ललितपुर, १५ वैशाख । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

संविधानको रक्षा गर्न परिवर्तनकारी शक्ति एकताबद्ध हुनुपर्छ–अध्यक्ष नेपाल

हटौँडा १५ वैशाख (रासस) नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम्...

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरी–अमेरिकी राजदूत

काठमाडौँ, १५ वैशाख (रासस) नेपालका लागि अमेरिकी राजदूत डिन आर...