spot_img

औषधी लोड ट्रकबाट घरेलु मदिरा बरामद



वीरगंज, २१ पुष ।
पर्सा प्रहरीले औषधी लोड रहेको ट्रकबाट अवैध घरेलु मदिरा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विहिवार विहान वीरगंज महानगरपालिका वडा नं. २ स्थित श्रीराम हल पछाडी खाली चौरबाट औषधी लोड रहेको ट्रकबाट अवैध घरेलु मदिरा बरामद गरेको हो ।
प्रहरी टोलीले वीमनपा वडा नं.२ श्रीराम हल पछाडी खाली चौरबाट औषधी लोड रहेको ना ६ ख ७२६ नम्बरको मालवाहक ट्रकबाट अवैध घरेलु मदिरा ३९ पोकामा रहेको ३९० लिटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उक्त ट्रकमा त्रिभुवन विमानस्थल काठमाण्डौबाट पैठारी प्रज्ञापनपत्र अनुसार रू.१ करोड १४ लाख ४९ हजार ७ सय २५ बराबरको विभिन्न औषधीहरू लोड रहेको अवस्थामा प्रहरी टोलीले रोकेर सोधपुछ गर्दा वी.म.न.पा. वडा नं. ३० प्रसौतीपुर बस्ने २८ वर्षीय सदाम हुसेनले चलाई ल्याएको कन्टेनर ट्रक र सो मा लोड रहेको अं.३९० लिटर घरेलु मदिरा तथा बिभिन्न किसिमका औषधीहरू नियन्त्रणमा लिईएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।
उक्त ट्रकमा लोड रहेको मदिरा, औषधी र गाडीको अं.मू.रू.२० लाख गरी रू.१ करोड ३४ लाख ४९ हजार ७ सय २५ मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय वीरगंज पर्सामा पठाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर