वीरगंज, २१ पुष ।
पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहसंग वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुले भेटघाट तथा छलफल गरेका छन् ।
वीउवासंघले आफनै सभाकक्षमा आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले खुल्ला बोर्डर हाम्रो लागि अवसर र चुनौती दुवै भएकोले शान्ति सुरक्षा, तस्करी नियन्त्रणमा प्रहरीले सघन भूमिका निर्वाह गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराउनु भयो ।
उहाले संघले आफ्नै सक्रियतामा सञ्चालन गरेको सिसिटिभी परियोजनाको व्यवस्थापन र विस्तारमा समेत सहकार्य गर्न प्रहरी उपरीक्षक शाहलाई ध्यानाकर्षण गराउदै औद्योगिक सुरक्षा बलको पुनः स्थापनामा सबैको सहकार्य अपरिहार्य भएको बताउनु भयो ।
सो अवसरमा प्रहरी उपरीक्षक शाहले अध्यक्षबाट व्यक्त भएका चासोलाई आफ्नो कार्यकालमा सक्रियतापूर्वक सम्पादन गर्ने तर्फ प्रयत्नशील रहने बताउनु भयो ।
उहाले अवैध व्यापारलाई निरुत्साहित तथा चोरी निकासी पैठारीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा वीउवा संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, पूर्व अध्यक्षद्वय अशोक कुमार टेमानी र अशोक कुमार वैध, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रु·टा लगायत कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
Facebook Comments Box