वीरगंज, २० पुष ।
पर्सा प्रहरीले गोदाममा छापामारी गरी भन्सार छली ल्याइएका चामलहरू नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधवार छापामारी गरी ३ गोदामबाट ९ सय ५ बोरा भारतीय चामल नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.११ रानीघाट स्थित कृष्णा साह, सुनिल साह र देवनारायण साहको गोदाममा खानतलासी गर्दा भन्सार छली ल्याइएर अनाधिकृत रुपमा भण्डारन गरिएको चामलहरू नियन्त्रणमा जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।
प्रहरी टोलीले (२०÷२४÷२६ किलोका ९ सय ५ बोरामा) रहेको रु.१३ लाख ६० हजार ८ सय बराबरका चामलहरू नियन्त्रणमा लिइ थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
भन्सार छली गरी ल्याइएको चामल नियन्त्रण
Facebook Comments Box