सहारा दैनिक

spot_img
Homeदेशजनता ठग्न तल्लिन मूख्यमन्त्री गद्दी: नाला र सडक बनाउने अस्वासन बाँड्दै

जनता ठग्न तल्लिन मूख्यमन्त्री गद्दी: नाला र सडक बनाउने अस्वासन बाँड्दै

वीरगंज, २७ कार्तिक/

आफ्नो कार्यकालको पाँच वर्ष पदीय दुरुपयोग, अनियमितता, भ्रष्टाचार, आसेपासेलाई रिझाउने काम तथा साम्प्रदायिक दंगा फैलाउने बाहेक प्रदेश र जनताको हितमा कुनै पनि काम नगरेका मधेश प्रदेशका मूख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी जनता झुक्याउन फेरि पनि झुठा आस्वासन र योजना लिएर जनताको घरदैलोमा पुगेका छन् ।

मंसिर ४ गते हुन लागेको चुनावको पूर्व संध्यामा पर्सा निर्वाचन क्षेत्र नं. १को “ख”बाट उम्मेदवारी दिएका मोहम्मद लालबाबुर राउत गद्दीले आफ्नो कार्यकाल जातीय दंगा र हिंसा भडाउने तथा भ्रष्टाचार गर्ने बाहेक कुनै पनि उपलब्धीमूलक काम नगरेपनि कार्यकाल सकिएपछि चुनावको मुखमा घरदैलोको क्रममा जनतामाझ जनता झुक्याउने आस्वासन र योजना लिएर जनतालाई मूर्ख बनाउन लागि परेका छन् ।

पछिल्लो पटक वीरगंज–१६ गणेश टोलमा घरदैलोका क्रममा आफ्ना करिब आधादर्जन मात्र आसेपासेलाई लिएर भोट माग्न गएका मोहम्मद गद्दीलाई स्थानीयहरूले कार्यकालभरी आएको बजेटमा हिना मिना गरेको, बाढी डुबान क्षेत्रको विकास, नाला सडक निर्माणमा आएको विकास रकम समेत कार्यकर्ताहरूबीच भागबण्डा गरी सिध्याएको तथा पोखरी लगायतको सौन्दर्यकरणकालागि आएको रकम समेत कामै नगरी सिध्याएको, बेटी बचाऊ, बेटी पढाउ अभियान अन्तर्गत भएका भ्रष्टाचारहरू बारे स्थानीयहरूले प्रश्न गर्न थालेपछि मूख्यमन्त्री मोहम्मद यसपल्ट जनताले मौका दिएमा जनभावना अनुसारको काम गर्ने झुठा आस्वासन दिंदै घरदैलो छोट्याएर कुलेलाम ठोकेका थिए ।

यसैबीच सामाजिक संजालमार्फत मोहम्मद गद्दी र उनका समर्थकले मागेको भोटसहितको समाचारमा क्षेत्र १ खका मतदाताहरूले व्यापक विरोध जनाएका छन् । मोहम्मद गद्दीलाई सामाजिक संजालमा पाच्य नहुने खालका गाली गलौजदेखि लिएर उनले आफ्नो कार्यकालमा गरेको भ्रष्टाचारलाई स्मरण गराउँदै कुन मुखले फेरि पनि भोट माग्न आएको ? लाज लाग्दैन ? भन्ने जस्ता प्रश्नले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -