वीरगंज/मंसिर ४ गते हुने निर्वाचनमा पर्सा क्षेत्र नं. १ “ख”का स्वतन्त्र उम्मेदवार ओम प्रकाश सर्राफलाई हाम्रो नेपाली पार्टीले मधेश प्रदेशको मूख्यमन्त्रीको रुपमा प्रस्ताव गरेको छ ।
पार्टीका केन्द्रिय अध्यक्ष अनन्तराज घिमिरेले आइतवार एक विज्ञप्ती जारी गरी पर्सा क्षेत्र १ “ख”का स्वतन्त्र उम्मेदवार सर्राफलाई मधेश प्रदेशको मूख्यमन्त्री प्रस्ताव गरिएको छ ।
हाम्रो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सम्पूर्ण मधेश प्रदेशका मतदाता माझ हाम्रो नेपाली पार्टी (लौरो अभियान) लाठी चुनाव चिन्हको तर्फवाट यूवा नेता तथा पर्सा १ (ख) प्रदेश सभा सदस्य लौरो उम्मेदवार श्री ओम प्रकाश सर्राफ ज्यूलाई मधेश प्रदेशको मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने निर्णय भएको व्यहोरा सबैमा जानकारी गराईन्छ । विगत लामो समय विभिन्न दल तथा नेताको नाममा मिठा–मिठा सपनाहरु देखाएर जनताको मत लिएर मधेश र मधेशी जनता माथि पटक पटक बलत्कार गरेको सबैलाई जानकारी नै छ ।
यो पटक हाम्रो नेपाली पार्टीको लौरो अभियान) ले धेरै भन्दा धेरै बालेन–हर्क–सागरहरु सदनमा पुर्याएर सबै भ्रष्ट नेताहरुलाई जेलहाल्ने र मधेश प्रदेशलाई समृद्ध प्रदेश बनाउने मुख्य उदेश्य रहेको छ । त्यसैले सम्पूर्ण मधेशी बुबा–आमा, दाजुभाई तथा दिदिबहिनीहरुलाई समानुपातिक र प्रत्यक्ष तर्फका सबै उम्मेदवारहरुलाई लाठी छापमा मतदान गरि विजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछु ।”