वीरगंज, १८ कार्तिक ।
जनता समाजवादी पार्टीका वीरगंज महानगरपालिका वडा नं. १६ नगवाका प्रभावशाली नेता अशोक पटेलले पार्टी परित्याग गरेका छन ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी दल तथा उम्मेदवारहरुले आ–आफनो क्षेत्रको चुनावी प्रचार प्रसार अभियानलाई तिव्रता दिइरहेको बेला जसपालाई ठुलो धक्का पुग्ने गरी प्रभावशाली युवा नेता पटेलले जसपा परित्याग गरेका हुन ।
वीरगंज महानगरपालिका वडा नं. १६ का चर्चित एवं स्थानीय प्रभावशाली नेता अशोक पटेलले जनता समाजवादी पार्टी नेपाल परित्याग गरेको घोषणा गरेका हुन ।
पटेलले शुक्रबार समाजिक संजाल आफनो फेसबुक आईडीबाट मधेश आन्दोलनमा सहभागि रहेको तस्बिर सार्वजनिक गर्दै आजको मिति देखि जसपा पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।
उनले जसपामा जातिवाद हावी भएको कारण पार्टी परित्याग गरेको संचारकर्मीसंगको कुराकानीमा बताएका छन ।
नेता पटेलले अहिले जसपाका नेताहरुले विकास भन्दा पनि आफनो समुदायका व्यक्तिलाई भरणपोषण गर्ने काम गरी रहेको आरोप लगाएका छन ।
उनले यादव समुदायको नेताहरुले यादवलाई मुस्लिम समुदायका नेताहरुले मुस्लिमको हितमा काम गरीरहेका छन । भारतको उत्तर प्रदेश र बिहार प्रदेश जस्तै मधेस प्रदेशमा जसपाले यादव र मुस्लिमबादको राजनितिकको कारण मेरो दम घुट्न थालेपछि आफूले जसपा परित्याग गरेको बताए ।
मधेसमा जसपाले जनताको विकास भन्दा पनि यादव र मुस्लिमको विकासमा मात्र लागेको आरोप समेत उनले लगाएका छन । आफू २०४८ सालदेखि मधेसको उत्थानको लागि राजनितिक गर्दै आएको छु, तर कहिले पनि जातिवाद हाबी भएको थिएन, जबदेखि संघीयता लागू भएको छ, तबदेखि मधेस प्रदेशमा जातिवाद हाबी हुदै भएको पनि उनले बताए ।
जसपाले मधेश र मधेशीको लागि राजनितिक नगरी आफनो कुर्सी र सत्ताको लागि मात्र राजनितिक गरीरहेको आरोप लगाउदै पटेलले जसपाले कहिले पनि मधेशी जनताको हितमा काम नगर्ने दावी समेत गरेका छन ।
पूर्व देखि पश्चिमको २२ जिल्लाको तराई मधेशको अधिकार र पहिचानको लागि आन्दोलन गर्दै आएका स्व. गजेन्द्र नारायण सिंह नेतृत्वको सद्भावना पार्टीबाट आफूले राजनितिक शुरु गरेको पटेलले बताएका छन ।
पहिचान र अधिकारको लागि २०६३÷०६४ देखि लिएर २०७२ सम्म भएको मधेश आन्दोलनमा मधेसी पार्टी मै रहेर योगदान पु¥याएको छु । तर पनि यादव र मुस्लिम बाहेक अन्य समुदायको व्यक्तिको पार्टीमा कदर नभएको उनको आरोप छ ।
जसपा परित्याग गरेका पटेलले आफू स्वतन्त्र भएर विशुद्ध समाज सेवाको काम गर्ने बताए ।
वीरगंज महानगरपालिकाको सबभन्दा बढि मतदाता भएको वडा नम्बर १६ नै हो । यहाको मतले नै निर्णायक भूमिका निर्वाह गर्दै आएको छ ।
सत्ता गठबन्धनको तर्फबाट लक्ष्मणलाल कर्ण चुनावी मैदानमा छन भने, अर्को तर्फ एमाले जसपाको गठबन्धनबाट प्रदीप यादव छन । त्यसैगरी स्वतन्त्र उम्मेदवार तर्फ अजय द्विवेदी चुनावी मैदानमा छन ।
Facebook Comments Box