spot_img

समग्र विकाशको लागी उम्मेदवारी–अधिवक्ता कुर्मी



वीरगंज, १७ कार्तिक ।
पर्सा जिल्ला क्षेत्र नं. २ का जसपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अधिवक्ता सुरेन्द्र कुर्मीले आफ्नो घरदैलो कार्यक्रमलाई निरन्तरता दिनु भएको छ ।
सक्षता अभियानका अभियन्ता तथा समाजसेवी समेत रहेका अधिवक्ता कुर्मीले विहिवार वीरगंज महानगरपालिका वडा नं. १९ स्थित बर्वा टोल विन्दवासिनिमा घरदैलो कार्यक्रम गर्नु भएको हो ।
एमाले र जसपा गठबन्धनका साझा उम्मेदवार रहेका कुर्मीले समाजिक न्याय, समावेसी र दलित तथा विछिडिएका वर्गका उत्थानका लागी आफु अग्रसर भई उम्मेदवारी दिएको बताउनु भएको छ ।
घरदैलोका क्रममा संचारकर्मीसंगको कुरा कानीमा उम्मेदवार कुर्मीले मुलुकका साथै पर्सा जिल्लाको समग्र विकाशका लागी आफुलाई मतदान गर्न आग्रह गर्दै चुनावी प्रचार प्रसारमा जुटेको बताउनु भयो ।
एमाले र जसपाका नेताहरु सहित उम्मेदवार अधिवक्ता कुर्मीले स्थानीयको समेत सहभागितामा बर्वा टोलमा घरदैलो कार्यक्रम गर्नु भएको हो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर