सहारा दैनिक

spot_img
Homeदेशमधेशमोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

वीरगंज, ०९ कार्तिक ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुंदा एक युवकको मृत्यु भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. ८ पानी टंकी स्थित सडकखण्डमा मंगलवार विहान २ः३० बजेको समयमा ना.४६ प. ३२९७ नं. को पल्सर मो.सा. आफै अनियन्त्रीत भई विजुलीको पोलमा ठोक्ंिकदा भएको दुर्घटनामा मो.सा. चालक बर्ष १९ को अनुप राईको मृत्यु भएको हो ।
दुर्घट्नामा गम्भिर घाइते भएका राईलाई उपचारको लागी तत्कालै एन.एम.सी. अस्पताल वीरगंजमा पु¥याउदा उपचारकै क्रममा बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक राई सोलुखुम्बु जिल्ला सल्यान गा.पा. वडा नं. २ स्थायी घर भई हाल वीरगंज वडा नं. ८ मा डेरा गरी बस्ने राम बहादुर राईको छोरा भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार तिव्र गतिको कारण दुर्घट्ना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न बुझिन आएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -