सहारा दैनिक

spot_img
Homeदेशमधेशमुख्यमन्त्री गद्दिले मधेश प्रदेशका जनतालाई धोका दिए–मियाँ

मुख्यमन्त्री गद्दिले मधेश प्रदेशका जनतालाई धोका दिए–मियाँ

वीरगंज, ०९ कार्तिक ।
पर्सा जिल्ला क्षेत्र नं. १ (ख)का स्वतन्त्र उम्मेदवार शशिकपुर मियाँले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दिले मुख्यमन्त्री संस्थाको गरिमा नराखेको बताउनु भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ स्थित नगवामा घरदैलो कार्यक्रमका क्रममा राष्ट्रिय सहारा संगको कुरा कानीमा यस्तो आरोप लगाउनु भएको हो ।
उहाले मुख्यमन्त्री गद्दिले मधेश प्रदेशका जनतालाई धोका दिनुको साथै मुख्यमन्त्री जस्ता सम्मानित संस्थाको समेत गरिमा संग खेलवाड गरेको बताउनु भयो ।
विगत ५ वर्षमा मधेशी जनता एवं मधेश आन्दोलनको भावना संग कुठाराघात गरेको आरोप लगाउदै मियाँले मधेशकी छोरी र स्वक्षता अभियानको नाममा करोडौको भ्रष्टाचार गरेर मुख्यमन्त्री गद्दि अहिले वीरगंजेली जनतालाई विकाशको झुठो आश्वाशन दिंदै पुनः धोका दिने योजनामा जुटेको आरोप लगाउनु भयो ।
मियाँ संगै घरदैलोमा रहेका उनका समर्थक शुधिरनाथ पाण्डेले यस पाली वीरगंजेली जनताले भ्रष्टाचारीलाई पाखा लगाउने बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -