वीरगंज, १ कार्तिक ।
एमाले–जसपा गठबन्धनका पर्सा क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार र क्षेत्र नं. १ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार द्वयले वीरगंज महानगरपालिका अन्तरगत विभिन्न वडामा घरदैलो कार्यक्रम गरेका छन ।
पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधीसभामा जसपाका उम्मेदवार प्रदिप यादव र क्षेत्र नं. १ (ख) बाट प्रदेशसभामा एमालेका उम्मेदवार विचारी यादवले मंगलवार वीमनपाका विभिन्न वडामा संयुक्त घरदैलो कार्यक्रम गरेका हुन ।
जसपा–एमाले गठबन्धनले वीरगंज महानगरपालिका वडा नं. १३ मुर्ली र नयका टोला, वडा नं. १४ पिपरा, बहुअरी र वडा नं. १८ स्थित सुखचैना र लीपनीवीर्तामा घरदैलो कार्यक्रम गरेका हुन ।
प्रतिपक्षी गठबन्धनका नेता÷कार्यकर्ताहरुले एक अर्का दलको उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै घरदैलो कार्यक्रम गरेको जसपाका युवा नेता निखिल बर्नवालले जानकारी दिनु भयो ।
मतदातासंगको भेटघाटका क्रममा एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार विचारी यादवले पर्सा १ को समृद्धिका लागि फेरि पनि एक पटक सांसदमा प्रदीप यादवलाई जिताउन आवश्यक रहेको बताउनु भयो ।
Facebook Comments Box