spot_img

पाँच मोटरसाइकल सहित ६ जना पक्राउ



वीरगंज, १ कार्तिक ।
पर्सा प्रहरीले मोटरसाईकल चोरी गर्ने ६ जना चोर सहित ५ वटा मो.सा.नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ६ जना चोर सहित ५ मो.सा. नियन्त्रणमा लिएको हो ।
विभिन्न मिति समय र स्थानबाट चोरी भएका मोटरसाईकलहरू केही व्यक्तिहरूले अवैध रूपमा चलाइरहेको सूचनाको आधारमा खटिएको टोलीले चोर सहित मो.सा. नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
प्रहरी टोलीले वी.म.न.पा.वडा नं.१३ राधेमाईको २१ वर्षीय सुमित कुशवाहा, वी.म.न.पा.वडा नं.१२ मुर्लीका राजन मण्डल र अबय मण्डल वडा नं. २५ स्थित ड्राइपोर्टबाट चोरीको प्र.२–०३–००३ प ७५०९ र ना.३७ प २०२४ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसै गरी वी.म.न.पा.वडा नं.११ रानीघाटका नन्दन कुमार चौरसियालाई वी.म.न.पा.वडा नं.२५ रामगढवाबाट चोरीको ना.१८ प ४२१९ नम्बरको मो.सा. सहित पक्राउ गरेको छ भने वी.म.न.पा.वडा नं.१० घडिअर्वाको रिकी मण्डललाई वी.म.न.पा.वडा नं.१५ ९ल्ःऋ० स्थितबाट चोरीको ना.४२ प ९८२९ नं.को मो.सा. सहित पत्राउ गरेको जनाइएको छ ।
यसरी नै पर्सा जिल्ला पोखरिया न.पा.वडा नं.६ सिर्सियाको खरबुद आलमलाई सखुवाप्रसौनी गा.पा.वडा नं.२ गुलवरियाबाट चोरीको ना.१० प ५०५१ नं. को मो.सा. सहित पक्राउ गरी अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box

ताजा अपडेट्स

सम्बन्धित खबर