सहारा दैनिक

spot_img
Homeसमाचारसरस्वतीको मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु

सरस्वतीको मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु

राधेश्याम साह
रौतहट, २३ माघ ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका–६ मा रहेको वागमती नदीमा सरस्वतीपूजाको मूर्ति विर्सजन गर्ने क्रममा एकजना विद्यार्थीको मृत्यु भएको छ ।
मंगलवार सरस्वतीमाताको मूर्ति विसर्जन गर्ने क्रममा राजदेवी नपा–७ मुडवलवाका २२ वर्षीय सुरज यादवको डुबेर बेपता भएका थिए ।
सुरक्षाकर्मी र स्थानीयवासीले उनको शव बिहान डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले बताएका छन् । बाग्मति नदिमा माछा मार्ने जाल प्रयोग गरेर उनको शव निकालिएको थियो ।
मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -