सहारा दैनिक

spot_img
Homeअर्थश्रोत नखुलेको ७ लाख सहित एक पक्राउ

श्रोत नखुलेको ७ लाख सहित एक पक्राउ

बैंक भित्रबाट पक्राउ परेका साहलाई सडकमा पक्राउ देखाइयो

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ माघ ।
पर्सा प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित सडक खण्डबाट श्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्तीमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले श्रोत नखुलेको सात लाख नगद सहित पर्सा जिल्ला विन्दवासिनी गाउपालिका वडा नं.३ झौवा बस्ने वर्ष ४३ को अजय कुमार साहलाई पक्राउ गरेको उल्लेख छ ।
वीरगंज महानगरपालिका वडा नं.१० आदर्शनगर ग्लोबल आई एम ई बैंक नजिक सडक खण्डमा साहलाई शंका लागि चेकजांच गर्दा निजले लगाएको सेतो ट्याक्सुटको दुबै साईडको खल्तीमा लुकाइ छिपाई राखिएको नेपाली रू.१००० दरका नोट ७०० थान गरी जम्मा रु.७ लाख फेला पारी कानूनी रित पुर्‍याई खानतलासी बरामदी गरी निजलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा थप अनुसन्धान भईरहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ किशोर लम्सालद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यसै विच पक्राउ परेका अजय कुमार साहका परिवारजनले ग्लोबल आइ एम इ बैंकमा जम्मा गर्न गएको अवस्थामा बैंक भित्रैबाट प्रहरीले पक्राउ गरेको आरोप लगाएका छन ।
त्यसै गरी बैंक भित्र अजयलाई प्रहरीले पक्राउ गरेको भनी प्रत्यक्ष दृष्य देखेकी बैंक कै एक ग्राहक रिता जैसवालले पनि राष्ट्रिय सहारा दैनिकलाई बताएकी छिन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -