सहारा दैनिक

spot_img
Homeसमाचारएम्बुलेन्सले मोसालाई ठक्कर दिंदा ७० वर्षीय वृद्धको मृत्यु

एम्बुलेन्सले मोसालाई ठक्कर दिंदा ७० वर्षीय वृद्धको मृत्यु

वीरगंज, २८ भदौ ।
वीरगंज महानगरपालिका वडा नं. २५ अलौ स्थित सडकखण्डमा एम्बुलेन्सले ठक्कर दिंदा ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।
वीमनपा वडा न.२५ अलौ स्थित सडकखण्डमा बा.२झ ४०२० नम्बरको एम्बुलेन्सले प्रदेश २–०३–०१२प ५६०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोसामा पछाडी सवार वृद्धको मृत्यु भएको हो ।
मंगलवार दिउसो एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका बृद्ध फजिल देवानलाई तत्काल उद्धार गरी उपचारको वीरगंज स्थित एल.एस.न्यूरो अस्पताल पु¥याउदा निजको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने एम्बुलेन्स र चालक वीरगंज महानगरपालिका वडा नं.१९ को जियालाल यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -