सहारा दैनिक

spot_img
Homeअपराधसाढे १९ किलो चरेस फालेर तस्कर फरार

साढे १९ किलो चरेस फालेर तस्कर फरार

सहारा संवाददाता–––––––––
वीरगंज, २ माघ । वडा प्रहरी कार्यालय बिर्ताले वीरगंज महानगरपालिका–१६ गणेश टोलबाट ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ ।
सूचनाका आधारमा वप्रका बिर्ताको टोलीले १९ किलो ५०० ग्राम चरेस बरामद गरेको प्रहरी निरीक्षक निरोज चौलागाईंले बताए ।
उनले गणेश टोलको भित्री सडकबाट नम्बर प्लेट नखुलेको मोटरसाइकलमा बोरा बोकेर जाँदै गरेका चालकले प्रहरीलाई देखेपछि बोरा फालेर भागेका थिए । प्रहरीले सो बोराबाट १३ प्याकेटमा प्याक गरिएको साढे १९ किलो चरेस बरामद गरेको प्रहरी निरीक्षक चौलागाईंले जानकारी दिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -