सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारसीमित साधन स्रोतका बावजूद महानगरले जनपक्षीय काम गर्दै – मेयर सिंह

सीमित साधन स्रोतका बावजूद महानगरले जनपक्षीय काम गर्दै – मेयर सिंह

सहारा संवाददाता———————
वीरगंज २ माघ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सीमित साधन स्रोतका बाबजूद महानगरपालिकाले जनपक्षीय काम गर्दै आएको बताउनुभएको छ ।
बुधवार वीरगंज महानगरपालिका–१९ को बरवामा स्थानीयबासीसँग विकास निर्माण कार्यको अनुगमन गरेपछि छलफल गर्दै मेयर सिंहले संघीय र प्रदेश सरकारले वीरगंज महानगरपालिकालाई उपेक्षा गरेको कारण बजेट अभाव हुँदा धेरै विकास निर्माणका काम रोकिएको गुनासो गर्नुभयो ।
उहाँले जनताको साथ र समर्थनमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सीमित स्रोत साधनको अधिकतम परिचालन गर्ने रणनीति महानगरपालिकाले लिएको बताउनुभयो ।
बिकास निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाउन स्थानीय बासिन्दाको भूमिका महŒवपूर्ण हुने हुँदा गाउँँ टोलका समस्या निर्धक्कका साथ राख्न स्थानीयवासीलाई आग्रह गर्नुभयो ।
छलफलमा मेयर सिंहले महानगरले एकैसाथ स्वास्थ्य, शिक्षा, विकास निर्माण, खानेपानी, कृषि, पर्यटन, सौन्दर्यकरण लगायत बिभिन्न क्षेत्रमा काम गर्दै आएको र शुरू गरिएका काम सम्पन्न भएमा बैभव वीरगंजको सपना पुरा हुने दाबी गर्नुभयो ।
आफूले बैभव वीरगंज आफ्नै कार्यकालमा बनाउने अभियान सहित अगाडी बढेको र यसमा सवैको साथ र सहयोग आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -