सहारा दैनिक

spot_img
Homeसमाचारश्रोत नखुलेको रकम सहित एक पक्राउ

श्रोत नखुलेको रकम सहित एक पक्राउ

वीरगंज, १९ भदौ ।
श्रोत नखुलेको रु. ७ लाख सहित एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्र.नि.प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडक खण्डबाट उक्त रकम सहित एक जनालाई पक्राउ गरेको हो ।सिमावर्ती भारतीय सहर रक्सौलबाट वीरगंज तर्फ ना.२८ प २८९० नम्बरको मोटरसाईकल रोकेर चेकजा“च गर्दा बारा जिल्ला जितपुरसिमरा उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ५० को हरिनारायण प्रसाद कुर्मीले मो.सा.को सिटमुनी र ट्यांकीमा लुकाई छिपाई राखेको अवस्थामा श्रोत नखुलेको नेपाली रू.७ लाख फेला परे पछि निजलाई नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिइएको कुर्मीलाई मो.सा.सहित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको व्यहोरा जनाइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -