spot_img

एरोटेक प्रा.लि. मा डंकैती, प्रहरी र डांका विच भिडन्तः दुई डांका पक्राउ , एक प्रहरी घाइते



वीरगंज, १९ भदौ ।
बारा जिल्ला स्थित एरोटेक प्रा.लि. मा डकैती गर्न आएका मध्ये २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जीतपुर सिमरा उ.म.न.पा.वडा नं.२३ भलुही स्थित एरोटेक प्रा.लि.मा गए राती १०÷१२ जना डांकाहरु हात–हतियार सहित प्रवेश गरी लुटि रहेका छन् भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले डाकाहरुको लुटपाटको योजना असफल बनाउनुको साथै दुई जनालाई पक्राउ गर्न सफल भएका छन ।
इप्रका जितपुरका प्रमुख प्र.व.ना.नि.कलम बहादुर शाहीको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुग्दा अं.१०÷१२ जनाको समुहमा हतियारधारी डांकाहरुले एरोटेकको स्टोर कोठामा राखिएको सिलिण्डर बनाउने कार्यमा प्रयोग हुने पित्तलको भल्भ, जिंक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद तथा मोवाईल समेत लुटपाट गरी भाग्दै गरेको अवस्थामा निजहरुलाई नियन्त्रणमा लिन खोज्दा डांकाहरुले प्रहरीलाई लक्षित गरी बन्दुकबाट १ राउण्ड गोली फायर गर्दा प्रहरी टोलीले पनि प्रतिरक्षामा ३०३ नट राईफलबाट ३ राउण्ड गोली फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरी टोलीले सो क्रममा डांकाहरु मध्येका दुई जनालाई १ राउण्ड गोली लोड गरी सोको राउण्ड २ सहित कटुवा बन्दुक–१ थान र भरूवा बन्दुक १ थान सहित पक्राउ गरेको जिप्रकाले जनाएको छ । प्रहरीले डांका समुहका बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ९ को ३५ वर्षीय जयराम पासवान र ४० वर्षीय जवाहिर महतोलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा डांकाहरूलाई नियन्त्रणमा लिने क्रममा खटिएको प्रहरी टोलीमाथी कटुवा पेस्तोलबाट १ राउण्ड फायर समेत गरी संगै बोकी ल्याएको फलामे रड प्रहार गर्दा प्र.व.ना.नि. कलम बहादुर शाहीको टाउकोमा चोट लागेको जिप्रकाले जनाएको छ ।
प्र.व.ना.नि. कलम बहादुर शाहीलाई तत्काल उपचारको लागि वीरगंज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको छ ।
सो घटना पश्चात तत्काल जि.प्र.का.बारा र इ.प्र.का.सिमरा बाराबाट समेत खटिएको प्रहरी टोलीले घटना स्थल पुगेर स्थिति नियन्त्रणमा लिई फरार डांकाहरूको खोजतलास गरिरहेको जिप्रका बाराले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर