सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, ११ कार्तिक ।
मुलुकलाई विकसित मुलुकको रुपमा लैजान सबै भन्दा ठूलो बाधक नै भ्रष्टाचार भएको वक्ताहरुले बताएका छन ।
राष्ट्रिय मातृभूमि पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा राजनैतिक विषयमा छलफmल कार्यक्रमका वत्ताहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा राष्ट्रिय मातृभूमि पार्टीका बरिष्ठ नेता क्याप्टेन केबी लिम्बुले मुलुकमा ठूला दलका शीर्ष नेताहरुको श्रोत नखुलेको सम्पत्ती छानविन गरी राष्ट्रियकरण गर्ने हो भने १० वर्षलाई मुलुकको बजेट बन्ने दावी गर्नु भयो ।
उहाले भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय व्यवस्था गर्नुपर्ने र राष्ट्रिय मातृभूमि पार्टी सत्तामा गएको दिन भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरेरै छाड्ने अठोट समेत व्यक्त गर्नु भयो ।
३४/ ३५ वर्षसम्म पनि सत्तामा बसेर मुलुक र जनताको लागि बर्बादीबाहेक केही पनि नगरेका दल र तीनका नेतालाई विश्राम गर्नुको विकल्प नभएको उहाले बताउनु भयो ।
कार्यक्रममा यी भ्रष्टाचारीहरुको विरुद्धमा देश व्यापी अभियान चलाएर यिनीहरुको भन्डाफोर गर्ने वक्ताहरुले दावी गरेका छन ।
राष्ट्रिय मातृभूमि पार्टीका अध्यक्ष रामशरण पाण्डेको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तीत्वहरु समाजसेवीहरु युवा वर्गका अगुवाहरु भ्रष्टाचार विरोधी अभियन्ता रमेश खरेल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
Facebook Comments Box