spot_img
Homeखेलकूदयुवा प्रतिभा र खेलकुद प्रवर्द्धनका लागि सहकार्य आवश्यक–मन्त्री यादव

युवा प्रतिभा र खेलकुद प्रवर्द्धनका लागि सहकार्य आवश्यक–मन्त्री यादव

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ कार्तिक ।
खानेपानी मन्त्री प्रदीप यादवले नारायणी रंगशाला वीरगंजको स्तरोन्नती कार्यलाई प्रभावकारी बनाउन स्थानीय र संघीय सरकारबिचको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।
आइतबार रंगशालाको अनुगमन भ्रमणका क्रममा मन्त्री यादवले युवा प्रतिभाहरूको विकास र खेलकुदको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रवर्द्धन गर्नका लागि खेल पूर्वाधारलाई समयमै सुदृढ बनाउनुपर्ने आवश्यकता आौल्याउनुभएको हो ।
सो अवसरमा मन्त्री यादवले नारायणी रंगशालाको स्तरोन्नतिमा मुख्य अवरोध बनेको मुआब्जा समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
रंगशालाको प्रगति रोकिएको कारण केवल निर्माण मात्र होइन, यससंग सम्बन्धित प्रशासनिक अवरोधहरूलाई पनि समयमै समाधान गर्न जरुरी रहेको मन्त्री यादवले भन्नुभयो ।
उहाले नारायणी रंगशालाको मुद्दालाई सांसदमार्फत बारम्बार सरकारको ध्यानाकर्षण गराउादै आएको बताउदै खेलकुद क्षेत्रको विकासले युवाहरूमा आशा र अवसर सिर्जना गर्ने भएकाले यो आयोजना छिटो सम्पन्न गर्न सरकार प्रतिबद्ध छ भन्नु भयो ।
अनुगमनमा सहभागी वीरगंज महानगर मेयर राजेशमान सिंहले नारायणी रंगशालाको विकासलाई वीरगंजको खेलकुद इतिहासको महत्वपूर्ण परिवर्तनको रूपमा व्याख्या गर्नुभयो । उहाले रंगशालाको स्तरोन्नतिले क्रिकेट र अन्य खेलहरूका लागि उत्कृष्ट मञ्च तयार पार्नुको साथै स्थानीय अर्थतन्त्र र पर्यटनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -