सहारा दैनिक

spot_img
Homeदेशअर्थतन्त्रमा सकारात्मक नतिजा देखिन थालेका छन–प्रधानमन्त्री

अर्थतन्त्रमा सकारात्मक नतिजा देखिन थालेका छन–प्रधानमन्त्री

काठमाडौँ, ६ भदौ (रासस)
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजा देखिन थालेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोक्तर कार्यत्रममा जवाफ दिँदै उहाँले जनतामा विद्यमान निराशा चिर्न र आशाको सञ्चार जगाउन दुई ठूला दल मिलेर सरकार बनेको उल्लेख गर्दै गत वर्षको तुलनामा साउनमा राजस्व परिचालन र पुँजीगतखर्चमा वृद्धि भएको बताउनुभयो ।
“घरजग्गा कारोबार सुधार क्रमशः हुँदै गएको छ । पुँजी बजारमा उल्लेखनीय सुधार आएको छ । अर्थतन्त्रको बाहृय सूचक सुविधाजनक अवस्थामा छ भने लगानी गर्न निजी क्षेत्रको मनोवल उत्साहित देखिएको मैले पाएको छु”, उहाँले भन्नुभयो ।
प्रधानमन्क्री ओलीले आर्थिक गतिविधि त्रमशः चलायमान हुन थालेको बताउँदै सरकार गठन भएको एक सय दिनभित्र जनतालाई प्रत्यक्ष लाभ हुने गरी नीतिगत, कानुनी एवं सेवाप्रवाहमा सुधार गर्ने मार्गचित्रसहितको कार्ययोजना कार्यान्वयन प्रारम्भ भइसकेको जानकारी गराउनुभयो ।
फरक प्रसंगमा उहाँले दमकमा व्यापारिक गतिविधिलाई सहयोग पुर्‍याउने उद्देश्यले दमक बिजनेश कम्प्लेक्स निर्माण गरिएको बताउनुभयो । “योजनाको नाम दमक भ्यूटावर भए पनि प्रमुख रूपले व्यापारिक तथा पर्यटकीय दृष्टिकोणले मिश्रित हिसाबले उपयोग गर्न सकिने गरी भवनको डिजाइन भएको छ । टावर सञ्चालन कार्यविधि निर्माण गरी यसलाई छिट्टै सञ्चालनमा ल्याउने सरकारले तयारी गरिरहेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -