सहारा संवाददाता–––––––––––––––
कलैेया, ०६ भदौ ।
बारा प्रहरीले १ करोड २९ लाख बराबरको बिज बिजक भन्दा फरक रहेको समान सहित ३ वटा ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहतका प्रहरी ईकाइ कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट बिज बिजक भन्दा फरक रहेको समान सहित ३ वटा ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जीतपुर सिमरा उप महानगरपालिका वाड नं.७ जीतपुर स्थित वीरगंजबाट पथलैया तर्फ जादै गरेको ४ ख ८८७५ नम्बरको को ट्रकमा लोड गरेको अ.मुल्य रू. ३३ लाख ३२ हजार २ सय २६ बराबरको किराना सामान, नरिवल लगायत हार्डवेयर तथा अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएको जिप्रका बाराले जनाएको छ ।
त्यसै गरी सोही टोलीले वीरगंजबाट पथलैया तर्फ जादै गरेको ना ७ ख ५९२६ नम्बरको डिब्बा ट्रकमा लोड रहेको अं. मुल्य रू. २८ लाख ९५ हजार ७ सय १३ बराबरको ीबमष्भक क्गष्त, न्बिकक उचझm कबष्तभ, ध्बतभच उचयया नगिभ लगायतका अन्य खुद्रा समानहरू पनि नियन्त्रणमा लिएको जिप्रका बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी दिनु भयो ।
त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले पथलैया चोक स्थितमा बीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ३ ख ७३४२ नम्बरको डिब्बे ट्रकमा लोड गरेको अं. मुल्य रू. ६६ लाख ९० हजार १ सय ३१ बराबरको कपडा, ग्लास, फोटो पिक्चर, लेडिज सुट, रिबन, पुजा सामाग्रीह तथा अन्य खुद्रा सामानहरू नियन्त्रणमा लिइ आवस्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रनाउ सापकोटाले जानकारी दिनु भयो ।
प्रनाउ सापकोटाका अनुसार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले सुवर्ण गाउपालिका वडा नं.३ सतगंज स्थितबाट भन्सार छलिगरी ल्याईएको अं.मुल्य रू.२ लाख बराबरको ६ बोरा कपडा बरामद गरिएको छ ।
Facebook Comments Box