सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ भदौ ।
पितृको सम्झनामा नेवार समुदायले मंगलबार गाईजात्रा पर्व मनाएका छन ।
दिवंगत आफ्ना प्रियजनहरूको सम्झनामा नेवार समुदायले मनाउने गाईजात्राको अवसरमा मंगलवार वीरगंजमा झांकी सहित र्याली निकालेका छन् ।
पछिल्लो एक वर्ष भित्र दिवंगत भएका आफन्तको सम्झनामा नेवार समुदायले आफ्ना घरका बालबालिकालाई गाई र जोगीको रुपमा सजाएर झांकी सहित वीरगंज स्थित अलखियामठबाट र्याली निकालिएको छ ।
अलखियामठबाट सपाः समितिका अध्यक्ष संजय जोशीको नेतृत्वमा निकालिएको र्याली मुख्य सडक हुंदै माइस्थान, २ नम्बर रोड, बिर्ताचौक हुंदै पुनः अलखियामठमा पुगेर समापन गरिएको थियो ।
नेवार समुदायमा परिवारमा कोही सदस्य एक वर्ष भित्र दिवंगत भएको अवस्थामा उनको सम्झनामा गाईजात्रा मनाउने परम्परा रहिआएको छ ।
गाईजात्रालाई सफल बनाउन अलखियामठ संचालक समितिका अध्यक्ष सुपेन्द्र बहादुर श्रेष्ठ, वीरगज सपाः समितिका सचिव सुन्दर श्रेष्ठ, नेवा पुचःका अध्यक्ष हरि वैद्य, सुनिल जोशी, अमृता वैद्य, रुपेशमान मानन्धर, निरज हरिमुल, हिराकाजी महर्जन, सुशील श्रेष्ठ लगायतको विशेष सकृयता रहेको थियो ।
Facebook Comments Box