सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं , ०४ भदौ ।
आन्तरिक राजस्व (अन्तशुल्क) कार्यालय कै मिलोमतोमा सरकारी निर्णय विपरित प्लाष्टिकको रेपरमा गुटखा उत्पादन तथा विक्रि वितरण भइ रहेको समाचार बुझिन आएको छ ।
नेपाल सरकारले पान मसाला एवं गुटखाको रेपर प्लाष्टिक मुक्त गरी पेपर (कागज)को रेपरमा उत्पादन गर्नु पर्ने प्रवधान ल्याएको भए पनि त्यसको विपरित आन्तरिक राजस्व (अन्तशुल्क) कार्यालय बुटवल कै मिलोमतोमा भोला गुटखा उत्पादन तथा विक्रि वितरण भइ रहेको पाइएको छ ।
सरकारले २०८१ साउन १ गते देखि नै लागु हुने गरी प्लाष्टिकको रेपरमा गुटखा उत्पादन गर्न बन्द गरी पेपरको रेपरमा उत्पादन गर्ने गरी निर्णय कायान्वयन गर्न सम्बध निकायलाई पत्राचार समेत गरिसक्दा पनि श्री राम टोबाको प्रा.लि. बुटवलले प्लाष्टिक कै रेपरमा “भोला” ब्राण्डको गुटखा उत्पादन गरी विक्रि वितरण गरिरहेको बजारमा प्रत्यक्ष रुपमै देखिन्छ ।
गुटखा उत्पादन गरे पछि आन्तरिक राजस्व कार्यालय अन्तरगतका अन्तशुल्क शाखाले जारी गरेको स्टीकर टांस गर्नुको साथै अन्तशुल्कबाट दिनै पिच्छे उत्पादन भएको गुटखा बजारमा लैजान उद्योगले निकासी अनुमती लिनु पर्ने प्रावधान रहेको गुटखा कै एक उद्योगीले बताएका छन ।
तर श्री राम टोबाको प्रा.लि. बुटवलले प्लाष्टिक कै रेपरमा “भोला” ब्राण्डको गुटखा उत्पादन गरी अन्तशुल्क कार्यालय बुटवलबाट निकासी अनुमती समेत लिएर विक्रि वितरण गरिरहेको पाइएको ति उद्योगीले बताए ।
ति उद्योगीका अनुसार हाम्रा उद्योगबाट अन्तशुल्कले प्लाष्टिकको रेपर प्रतिबन्ध गरेको छ ।
श्री राम टोबाको प्रा.लि. बुटवलले भने कसरी प्लाष्टिक कै रेपरमा गुटखा उत्पादन र निकासी अनुमती समेत पाएको आस्चर्य ब्यक्त गर्छन ति उद्योगी ।
यस सम्बन्धमा अन्तशुल्क कार्यालय बुटवलका अधिकृत नरेश पन्थी संग बुझदा उनले प्लाष्टिकको रेपर प्रतिबन्ध भएको स्वीकार गर्दै श्री राम टोबाकोले प्लाष्टिकको रेपर प्रयोग गरेको भन्ने आफुलाई जानकारी नभएको बताए ।
उनले साउन यता आफुहरुले सो उद्योगको अनुगमन नै नगरेको पनि बताए ।
बजारमा छ्याप–छ्याप्ती भोला गुटखा प्लाष्टिककै रेपरमा विक्रि वितरण भइ रहेको देख्दा देख्दै पनि अधिकृत पन्थीले जानकारी नभएको बताउनु कतिको सुहाउदो कुरा भन्ने अन्य उद्योगीहरुको प्रश्न छ ।
प्रतिबन्ध पश्चात पनि “भोला” गुटखा प्लाष्टिककै रेपरमा उत्पादन
कसरी पाए निकासी अनुमती अन्तशुल्क अधिकृत अनभिज्ञ
Facebook Comments Box