सहारा दैनिक

spot_img
Homeदेशसंघीय निजामती कर्मचारी ऐन २ महिना भित्र पारित हुन्छ–मन्त्री गुप्ता

संघीय निजामती कर्मचारी ऐन २ महिना भित्र पारित हुन्छ–मन्त्री गुप्ता

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ साउन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती ऐन २ महिना भित्र पारित हुने बताउनु भएको छ ।
नेकपा एमाले पर्साले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि विवादित रहंदै आएको संघीय निजामती कर्मचारी ऐन अबको २ महिना भित्र पारित गरिने बताउनु भएको हो ।
उहाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियंत्रित गरी एक कार्यालयमा १ वर्षसम्म कामकाज गर्न मापदण्डका लागी पनि ऐन बनाइने बताउनु भयो ।
मन्त्री भए पछि पहिलो पटक गृह जिल्ला आउनुभएका मन्त्री गुप्ताले मैले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज आठौँ दिन भएको बताउदै मैले दुई वटा कामलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।
उहाँले पहिलो प्राथमिकतामा संघीय निजामती ऐनलाई टुंगोमा पुर्‍याउने र निजामति कर्मचारीको सरुवामा हुने गरेको विकृतिलाई अन्त्य गर्ने गरी नियमावली निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
जहाँ जे जस्तो दरबन्दी छ । सोहीअनुसारका कर्मचारी खट्ने व्यवस्था गर्ने बताउदै उहाले यसले जथाभावी कर्मचारी सरुवा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने छ भन्नु भयो ।
कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मंत्री प्रमोद जैसवाल , प्रदेश सभा सदस्य बिना शर्मा , जिल्ला कमिटी अध्यक्ष विशम्बर शर्मा , उपाध्यक्ष एवं छिपहरमाई गाउपालिका अध्यक्ष मनोज गुप्ता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन जिल्ला कमिटी सचिव महेश दासले गर्नु भएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -