सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ साउन ।
सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्सा तथा मातहतका इकाईले गत आर्थिक वर्षमा रु ३४ करोड २७ लाख ७८ हजार ३ सय ३३ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छलीका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल१३ नं गणले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु ९ करोड ८९ लाख ३७ हजार ३ सय ८२ मूल्य बराबरको सामान तथा उपकरण बढी बरामद गरेको जनाएको छ ।
भन्सार छली गरेर भित्रिएका सामानहरु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउँदै आइरहेको सशस्त्र प्रहरी बल नेपाल१३ नं गण पर्साका प्रमुख सप्रउ राधेश्याम धिमालले जानकारी दिनु भएको छ ।
बिलबीजक अनुसार नभएका सामानसहितका मालवाहक सवारीसाधनलाई भने राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने गरेको उहाले बताउनु भयो ।
सशस्त्र प्रहरी बल पर्साले आव २०८०/८१ मा भन्सार छली गरेर भित्रिएका रु१४ करोड ८९ लाख ४८ हजार ५ सय ५६ मूल्य बराबरको अवैध समान वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
सोही अवधिमा बिलबीजकअनुसार नभएका रु १९ करोड १६ लाख ९६ हजार ९ सय ७५ मूल्य बराबरका सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाइएको छ ।
सशस्त्र प्रहरीले आव २०७९/८० मा भने रु २४ करोड ३८ लाख ४० हजार ९ सय ३१ मूल्य बराबरका अवैध सामान बरामद गरेको थियो ।
सशस्त्रद्वारा आ.व. २०८०/०८१ मा ३४ करोड भन्दा बढिको अवैध सामान बरामद
Facebook Comments Box