सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारवैवाहिक बलात्कार मुद्दामा पूर्वन्यायाधीश गिरीलाई सातवर्ष कैद

वैवाहिक बलात्कार मुद्दामा पूर्वन्यायाधीश गिरीलाई सातवर्ष कैद

काठमाडौँ, २९ जेठ (रासस)
काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
न्यायाधीश दुर्गा भुसालको इजलासले आज पूर्वजिल्ला न्यायाधीश गिरीलाई जबरजस्ती करणीमा मुद्दामा सात वर्र्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको हो ।
यसअघि सोही अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले यही जेठ १३ गते पूर्वन्यायाधीश गिरीलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो । आज अदालतले सजाय र क्षतिपूर्ति निर्धारण गरेको हो ।
कपिलवस्तु जिल्ला अदालतमा कार्यरत हुँदा निजविरुद्ध प्रहरीमा जाहेरी परेपछि निलम्बन गरी उनलाई थुनामा राखिएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -