सहारा दैनिक

spot_img
Homeअर्थ१ करोड ४६ लाख बराबरको औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू लोड ट्रकहरू...

१ करोड ४६ लाख बराबरको औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू लोड ट्रकहरू नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ जेठ ।
एक करोड छयालीस लाख बराबरको औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू लोड रहेको ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिएको ट्रकहरुमा लोड रहेको १ करोड ४६ लाख १ हजार ८ सय ४९ मुल्य बराबरको औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको हो ।
जि.प्र.का. पर्साबाट खटिएको टोलीले गए राती साढे १२ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित सडकखण्डबाट बा प्र.०३–००१ ख २३११ र ग. १ क ५१११ नम्बरको ट्रकहरू नियन्त्रणमा लिएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
उक्त ट्रकमा अ.मु.रू.१ करोड १६ लाख ६३ हजार ८ सय १८ मुल्य बराबरका औषधी, कपडा तथा खुद्रा सामानहरू लोड रहेको प्रहरीले जनाएको छ ।
त्यसै गरी सोमवार दिउसो २ः४५ बजेको समयमा वी.म.न.पा.वडा नं.१४ गण्डक चोक स्थितबाट ना.४ ख ८३८५ नम्बरको ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त ट्रकमा अं.मु.रू.२९ लाख ३८ हजार ३१ मुल्य बराबरको हार्डवेय तथा खुद्रा सामानहरू लोड रहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -