सहारा दैनिक

spot_img
Homeआलेखबुद्धिजीवीको तर्कः अबको विकल्प संविधान २०४७ नै

बुद्धिजीवीको तर्कः अबको विकल्प संविधान २०४७ नै

– सञ्जय साह
फागुन २५ गते पूर्व राजाको स्वागतमा ओर्लिएको मानव सागरबाट अत्तालिएका गणतन्त्रवादीहरु विभिन्न टिका टिप्पणी गरिरहेको अवस्था छ भने अर्कोतिर अब मुलुक संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र अर्थात् संविधान २०४७ पुनस्र्थापना हुनुपर्नेतर्फ नागरिक समाज, विभिन्न राजनीतिक दल समेतले  अग्रसर देखिएका छन्।
हुन त फागुन २५ गतेको पूर्व राजाको स्वागतमा ओर्लिएका मानव सागरले पछिल्लो केही समयदेखि संविधान २०४७ को आवश्यकतालाई पुष्टि गरेको तर्क राष्ट्रवादी अभियन्ता एवं राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक नरेश बहादुर सिंहको छ। राजाको स्वागतअघि फागुन २४ गते वीरगंजमा आयोजित बृहद मोटरसाइकल र्याली तथा आमसभामा देखिएको नागरिक समाजका अगुवा, वरिष्ठ कम्युनिष्ट नेता नेकपा मालेका महासचिव सि.पी. मैनाली, नेपाली कांग्रेस (विपी) ऐक्यबद्धताले पनि मुलुकको अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने स्थिति टडकारो भएको पुष्टि गरेको छ।
संविधान २०४७ को पुनस्र्थापनाका लागि संघर्षरत राष्ट्रिय नागरिक संघर्ष समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगंजमा संयुक्त आयोजना गरेको आमसभामा प्राज्ञिक मञ्चका जगमान गुरुङले ऐक्यबद्धता जनाउँदै “बृहत आम सभाको पूर्ण सफलताका लागि हार्दिक मङ्गलमय शुभ कामना अभिव्यक्त गर्दछु। यस बृहत आम सभाको ऐक्यबद्धताबाट नेपालमा धर्म र राजतन्त्र चिरस्थायी होओस्।” भनी दिनुभएको शुभकामनासहितको सन्देश।
आमसभामा नेपाली कांग्रेस (विपि) का महामन्त्री देवेन्द्र प्रकाश पौडेल, प्रो. केवी रोकाय, लेखक डा. शास्त्रदत्त पन्त लगायतले वीरगंज सभामा सम्बोधन गर्दै गणतन्त्र आए पछि मुलुकका सम्पूर्ण कल कारखानाहरु बन्द हुँदा देशका युवाहरु विदेश पलायन हुन बाध्य भएको बताउँदै बिपीको मेलमिलापको नीतिलाई नजरअन्दाज गरी धोखापूर्ण तथा अवैधानिक बाटोबाट गणतन्त्र स्थापना गरेको दावी गर्दै अबको विकल्प संविधान २०४७ नै भएको धारणा ब्यक्त गरेका छन्।
त्यस्तै आमसभामा उपस्थित हुन नसकेका पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले “मुलुकको परिस्थिती नियाल्दा हालत असल छैन। यो परिस्थिती अहिलेको सरकारको पालामा मात्र नभई अरू सरकार हुँदा पनि देखा पर्न थालेकै थियो। यसैले हामीले फर्केर हेर्न जरूरी छ र केही यस्ता उपायहरूलाई नै पद्धतिमा सामेल गर्न जरूरी छ। जस्ले गर्दा जनतामा व्याप्त निराशा र मुलुकमा अब केही हुँदैन भन्ने भावना हटेर जावस, आजको समयमा जनताको उत्साह र बल नै मुलुकको बल हो। यसर्थ केही यस्तो पद्धतिको विकास गर्न जरूरी छ। जस्ले जनतामा रहेको निराशा हटेर जावस, अहिले संविधान संसोधन गर्ने कुरा चलिरहेको बेला यस कुराको ध्यान दिनुपर्दछ। साथै मुलुकमा एक निष्पक्ष अभिभावकको जरूरत छ भन्ने कुरा बेलाबेला देखा परिरहन्छ। यस सन्दर्भमामा राजसंस्थाको भूमिका पनि जरूरी छ भन्ने मलाई लाग्छ।” उल्लेख गरी सन्देश दिनुभएको अवस्था छ।
यसरी नै पूर्व उपप्रधानमन्त्री समेत रहेका वरिष्ठ कम्युनिष्ट नेता एवं नेकपा मालेका महासचिव सि.पी मैनालीले पनि  “२०४६ सालको राजनीतिक परिवर्तन पछि र विशेष गरी २०६३ साल बैशाख १० गतेको त्रिपक्षीय सहमतिद्वारा भएको राजनीतिक परिवर्तन पछि आन्तरिक र वाह्य कारणहरूद्वारा देशमा राष्ट्रको स्वतन्त्रता एवं सम्प्रभूतालाई नै चुनौती दिने गरी उत्पन्न समस्याहरूको निकास राजसंस्था सहितको प्रजातन्त्रको माध्यमबाट खोज्ने शिलशिलामा फागुन २४ गते बृहद आमसभाको आयोजना भैरहेको थाहा पाएर मलाई खुशि लागेको छ। स्वास्थको करण तपाईंहरूद्वारा आयोजित यस बृहद आमसभामा मेरो सहभागीता हुन नसकेको उल्लेख गर्दै यहाँहरूबाट अपेक्षा गरिएको ‘राजसंस्था सहितको प्रजातन्त्र’मा राजसंस्थाको भूमिका कस्तो रहनेछ, कस्तो प्रजातान्त्रिक प्रणाली रहनेछ, मासिन लागेको राष्ट्रिय स्वतन्त्रता र सम्प्रभूताको कसरी संरक्षण गरिने छ र कसरी जनताको समृद्धि र खुशी बढाइने छ भन्ने बिषयमा जनतामा बाँकी रहेका जिज्ञासाहरूको सम्बोधन हुनेगरी विद्वान वक्ता र अभियानकर्ताहरूबाट बिचार प्रस्तुत हुने नै छन् भन्ने अपेक्षा गर्दछु” सन्देशमा भन्नुभएको छ।
राजसंस्था पुनस्र्थापनाका लागि आयोजित कार्यक्रममा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईले समेतले ऐक्यबद्धता जनाउँदै फागुन २५ गते राजाको स्वागतमा सक्रियपूर्वक सहभागी भएका थिए।
पछिल्लो केही समयदेखि मुलुकको विद्यमान जर्जर अवस्था, युवा पलायनको बाध्यतालगायत विभिन्न समस्याबाट मुलुक थला पर्ने स्थितिमा पुगेको अवस्थामा अब आम जनताले मजबुत अभिभावकको आवश्यकता मनन गरी मुलुकको मुख्य–मुख्य शहरका साथै गाउँ–गाउँबाट राजाको आवश्यकता व्यक्त गर्न थालेका छन्।
फागुन २५ गते राजाको स्वागतमा ओर्लेको मानव सागरको दृश्य देखेर नेपाली जनतामा आशाको किरण देखिन थालेको छ भने अन्तर्राष्ट्रिय समुदायमा समेत नेपालमा गणतन्त्रको औचित्यउपर प्रश्न उठ्न थालेको राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दको भनाई छ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -