सहारा संवाददाता–––––––––––––––
वीरगंज, ८ माघ ।
चाइल्ड रेस्क्यु नेपाल एवम् छोराछोरी नेपालको संयुक्त आयोजना तथा सानो पाइलाको सहयोगमा बाल श्रम रोकथाम तथा बाल श्रमिकहरूको संरक्षणका लागि सरोकारवालाहरू बीच गोलमेच छलफल भएको छ ।
मंगलवार वीरगंजको आदर्शनगर स्थित होटेल त्रिसलामा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बाल श्रम रोकथाम तथा बाल श्रमिकहरू एवम् अनाथ, बेसहारा, दलित बालबालिकाहरूको संरक्षणका लागि हरेक पल उनीहरूलाई साथ र सहयोग गर्ने बताए ।
चाइल्ड रेस्क्यु नेपाल अनुसार केही दिन अगाडि भारतमा जबर्जस्ती श्रममा लगाइएका दुर्ई नेपाली बालकको उद्धार गरी अहिले सुरक्षित रूपमा परिवारसँग पुनर्मिलन गराएको जानकारी दिएको छ । ती किशोरहरू मुम्बईको प्लास्टिकको झोला कारखानामा कठोर वातावरणमा लामो समयसम्म काम गरिरहेको भेटिएपछी तुरून्तै हाम्रो साझेदार संस्था छोरा छोरी नेपालले हस्तक्षेप गरी उनीहरूलाई घर ल्याउन सफल भएको जनाएको छ । गत वर्ष ४५ बालबालिकाको उद्धार गरेको र बाल शोषणको साङ्लाहरू तोड्दै र परिवारहरूमा आशा पुनस्र्थापित गर्ने चाइल्ड नेपालले जनाएको छ ।
कार्यक्रममा रन्जना पन्डित, प्रहरी निरीक्षक रमेश कुमार तिमल्सिना, वडा अध्यक्ष बैजुलाल स्वर्णकार, नारायणी अस्पतालकी हेमा थापालगायतको सहभागिता थियो ।
भारतबाट ४५ जना बाल श्रमिकहरुको उद्धार
Facebook Comments Box