सहारा दैनिक

spot_img
Homeदेशसशस्त्र प्रहरी पिलुवाको आयोजनामा रक्तदान कार्यक्रम

सशस्त्र प्रहरी पिलुवाको आयोजनामा रक्तदान कार्यक्रम

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ८ माघ ।
२४औं सशस्त्र प्रहरी दिवसको अवसरमा मंगलवार सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण हेक्वाटर बारा पिलुवाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा २ महिला सहित २३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी वीरगंज रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराए ।
कार्यक्रममा डम्बर बहादुर केसी, सुजित राय, बिपना बारामु, निरज वाग्ले, जोगिन्दर राम, दिलिप लामा, सुमन मगरलगायतकाले रक्तदान गरेका हुन् । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुशवाहाले प्राविधिक सहयोग गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -