सहारा संवाददाता–––––––––
वीरगंज, २ माघ । वडा प्रहरी कार्यालय बिर्ताले वीरगंज महानगरपालिका–१६ गणेश टोलबाट ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ ।
सूचनाका आधारमा वप्रका बिर्ताको टोलीले १९ किलो ५०० ग्राम चरेस बरामद गरेको प्रहरी निरीक्षक निरोज चौलागाईंले बताए ।
उनले गणेश टोलको भित्री सडकबाट नम्बर प्लेट नखुलेको मोटरसाइकलमा बोरा बोकेर जाँदै गरेका चालकले प्रहरीलाई देखेपछि बोरा फालेर भागेका थिए । प्रहरीले सो बोराबाट १३ प्याकेटमा प्याक गरिएको साढे १९ किलो चरेस बरामद गरेको प्रहरी निरीक्षक चौलागाईंले जानकारी दिए ।
Facebook Comments Box