सहारा संवाददाता––––––––––––––– वीरगंज, २८ पुस । लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमी, विजयपथ र ग्रीन क्याम्पसले आइतवार वीरगंज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका रिजन चेयरपर्सन लायन विजय कुशवाहा, डिष्ट्रिक्ट डेपुटी चिफ लायन आश्मा सिंह यादव, जोन चेयरपर्सन लायन सल्मा खातुन, एरिया चिफ लायन श्याम गुप्ता, लायन विनित जयसवाल, लायन उमेश साह कानुले कपडा बैंकको कार्यालय मै पुगेर २ बोरा र १ झोला कपडाहरू बैंकका अध्यक्ष लालबाबु सिंहलाइ हस्तान्तरण गरेका हुन् । सो अवसरमा वीरगंज कपडा बैंकका सचिव कन्हैया पटेल, सदस्य अभिलाश गुप्ता र कर्मचारी शोभा देवि लगायतको सहभागीता रहेको थियो । जोन चेयरपर्सन लायन सल्मा खातुनले वीरगंज कपडा बैंकले विगत लामो समय देखि दिन दुःखी असहाय, आगलागी तथा बाढी पीडितहरूको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवा भाव प्रती कृतज्ञता ज्ञापन गरिन् । उनले कपडा बैंकको कामदेखि हामी असाध्यै खुशी छौ र चिसोको समयमा बिपन्न असहायहरूलाई न्यानो कपडाको आवश्यकता पर्ने हुँदा हामीले केही कपडा सहयोग गरेका भनिन् । वीरगंज कपडा बैंकलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै उनले अरूलाई पनि सकेसम्म सहयोग गर्न अपिल गरिन् । सेस्मी स्कुलकी प्रिन्सीपल आश्मा सिंह यादवले दीनदुःखी असहायको सेवा गर्नु नै मानवता हो । यही मन्त्रमा आधारित रहेर लायन्स क्लबले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको बताइन् ।
Facebook Comments Box