सहारा संवाददाता––––––––––––––– वीरगंज, २८ पुस । लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमी र विजयपथको संयुक्त साझेदारीमा बाल क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । आइतवार लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म दिवसको अवसरमा वीरगंजको प्रगतिनगरस्थित सेस्मी स्कुलमा आयोजित कार्यक्रममा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत बालबालिकाहरूलाई क्यान्सर रोग विशेषज्ञ डा. रूपेश थापा क्षेत्रीले जानकारी गराएका थिए । समुदायमा बाल क्यान्सरबारे सचेतना जगाउन यसप्रकारको कार्यक्रमले सहयोग पुग्ने लायन्स क्लबकी आश्मा सिंह यादवले बताइन् । कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस एरिया नम्बर ३ का प्रमुख लायन श्याम गुप्ता, डिष्ट्रिक्ट डेपुटी चिफ लायन आश्मा सिंह यादव, रिजन चेयरपर्सन लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन सल्मा खातुन, लायन्स क्लब अफ वीरगंज मेट्रो सिटीका अध्यक्ष लायन अशोक बेरिवाल, सुप्रिमका अध्यक्ष लायन पियुष दारूका, ह्यूमानिटीका अध्यक्ष लायन पशुपति भट्ट, डिजिटल मार्केटिङ्ग संयोजक लायन नरोत्तम पाण्डे, लायन प्रदीप अग्रवाल, लायन अंकित चौरसिया लगायतको सहभागीता रहेको थियो ।
Facebook Comments Box