सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ भदौ ।
पर्सा प्रहरीले डि.जे, स्पिकर, लाउड स्पिकरहरू ठुलो स्वरले बजाउने, आतिसवाजीहरू गर्ने कार्य नगर्न सुचना जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको सुचनामा भदौ २१ गते जिल्ला सुरक्षा समितिबाट त्यस्ता क्रियाकलापहरू नियन्त्रण गर्न निर्णय गरेको उल्लेख गरेको छ ।
पर्सा जिल्ला भित्र हुने विभिन्न राजनैतिक तथा धार्मिक– सांस्कृतिक कार्यक्रम, चार्डपर्व, धार्मिक र्याली, जुलुस, सम्मेलन, बैठक वा प्रचार प्रसारात्मक क्रियाकलाप गर्दा मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डि.जे, स्पिकर, लाउड स्पिकरहरू ठुलो स्वरले बजाउने, आतिसवाजीहरू गर्ने जस्ता क्रियाकलापहरूले असुविधा पुग्न गएको हुंदा सुरक्षा समितिबाट त्यस्ता क्रियाकलापहरू नियन्त्रण गर्न निर्णय भएको सुचनामा उल्लेख छ ।
सूचनाको बर्खिलाप गरी यस्ता कार्यहरू गरेमा कानून बमोजिम कारवाही भई जाने भनी सुचना मार्फत जानकारी गराइएको छ ।
Facebook Comments Box