सहारा दैनिक

spot_img
Homeदेशअसोज ३ गते संविधानको अन्त्यष्टि यात्रा निकालिने

असोज ३ गते संविधानको अन्त्यष्टि यात्रा निकालिने

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ भदौ ।
आम जनता पार्टीले असोज ३ गते संविधानको अन्त्यष्टि यात्रा निकालिने निर्णय गरेको छ ।
आम जनता पार्टीको मधेश प्रदेश कमिटीको पुर्ण बैठकले विभिन्न निर्णय सहित असोज ३ गते विभिन्न जिल्लाहरुमा संविधानको अन्त्यष्टि यात्रा निकालिने निर्णय गरेको हो ।
आजपा मधेश प्रदेश कमिटी अध्यक्ष उमेश कुशवाहाको अध्यक्षता र आजपाका बरिष्ट उपाध्यक्ष उपेन्द्र साहको प्रमुख आतिथ्यमा आइतवार वीरगंजमा बसेको बैठकले संविधानको अन्त्यष्टि यात्रा निकालिने, मधेशमा बिधार्थीको अनुपातमा शिक्षक दरबन्दी सहित गुणस्तरीय शिक्षाको लागि आन्दोलन गर्ने लगायत विभिन्न निर्णयहरु गरेको हो ।
बैठकले भदौ २५ देखि ३० गते सम्म प्रत्येक बिधालयहरुमा सघर्ष समिति गठन गर्ने, असोज २ गते देखि ४ गते सम्म विद्यार्थीहरुको बिशेष प्रर्दशन गर्ने, असोज ३ गते संबिधान अत्योष्टी यात्रा प्रत्येक जिल्लामा निकालिने र वीरगज तथा जनकपुरमा विशेष पर्दशन गर्ने, असोज ९ गते देखि २० गते सम्म प्रत्येक जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी ब्यवस्था बिषयमा सरोकारवाला संग अन्तरक्रीया गर्ने र कार्तिक ५ गते देखि शैक्षिक आम हडताल गर्ने निर्णय गरेको सचिव बाबुराम कौशीकले जानकारी दिनु भयो ।
बैठकमा पार्टीको वरिष्ठ उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभूषण साह, सियाराम कुशवाहा, सचिव बाबुराम कौशीक , श्रीचन मुखिया, पार्टी स्थाई कमिट सद्स्य नरेस तुराह, श्रीलाल महासेठ, राम सागर महासेठ, बबिता साह, सिमल साह, सरोज चौधरी, अन्जित कुशवाहा, बिजय यादव, इदरिस देवान, अमिका चौहान, प्रदेस उपाध्यक्ष बिजय साह, राजकुमार तुराह, आम विद्यार्थी मोर्चा सचिव उपेन्द्र जयसबाल लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -