सहारा दैनिक

spot_img
Homeअर्थअवैध कपडा, हार्डवेयर लगायतका सामानहरु बरामद

अवैध कपडा, हार्डवेयर लगायतका सामानहरु बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ भदौ ।
सशस्त्र प्रहरी बल पर्साले अवैध कपडा, हार्डवेयर, मोबाईल एसेसोरिज तथा किराना सामानहरु बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ इनर्वाका विभिन्न नाकाहरुबाट अवैध कपडा, हार्डवेयर, मोबाईल एसेसोरिज तथा किराना सामानहरु बरामद गरेको हो ।
सशस्त्र प्रहरी बलको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली बिभिन्न सार्बजनिक सवारी साधनमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा रु. १७ लाख ६४ हजार २ सय २ मुल्य बराबरको कपडा, हार्डवेयर, मोबाईल एसेसोरिज तथा किराना सामानहरु बरामद गरी आवश्यक कारबाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -