सहारा दैनिक

spot_img
Homeअर्थकपडाहरू लोड रहेको दुई ट्रक नियन्त्रणमा

कपडाहरू लोड रहेको दुई ट्रक नियन्त्रणमा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ भदौ ।
विल विजक भन्दा बढीका कपडाहरू लोड रहेको दुई वटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले रु. ९४ लाख ९१ हजार ९ सय ७४ बराबरको कपडाहरू लोड रहेको ट्रकहरू नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.२५ चण्डालचोकबाट ग १ ख ६७५५ र ना.४ ख १९९३ नम्बरको मालबाहक ट्रकहरूमा विल विजक भन्दा बढीका कपडाहरू लोड गरी वीरगंजबाट काठमाण्डौतर्फ लैजांदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिप्रका पर्साले जनाएको छ ।
नियन्त्रणमा लिएको मालबाहक ट्रकहरू आवस्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -