सहारा दैनिक

spot_img
Homeदेशमधेशकृषि तथा पशु सेवा केन्द्र भवनको शिलान्यास

कृषि तथा पशु सेवा केन्द्र भवनको शिलान्यास

राधेश्याम साह–––––––––––––––
गौर, ३२ साउन ।
गौर नगरपालिका कार्यालय परिसरमा निर्माण हुने कृषि तथा पशु सेवा केन्द्र भवनको शिलान्यास गरिएको छ ।
ग्रमीण उघम तथा आर्थिक विकास आयोजनाको आर्थिक सहयोगमा निर्माण हुने कृषि तथा पशु सेवा केन्द्र भवनको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले एक कार्यक्रम विच शिलन्यास गर्नु भयो ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख साहले किसानलाई कृषि र भेटेरीनरीका सेवाहरु दिने उद्देश्यका साथ नगरमा केन्द्रको भवन निर्माण थालिएको बताउनु भयो ।
उहाले कृषि तथा पशु सेवा केन्द्रबाट कृषि प्रयोगशाला अन्तर्गत माटो परिक्षण, पोखरीको पानी परिक्षण, विउ तथा वालीमा लाग्ने रोगको परिक्षण, पशु प्रयोगशालामा गोबर परिक्षण, पशुको रगत तथा पिसाब परिक्षण, पशुको शल्यक्रिया परिक्षण, पशुको अल्टरा साउण्ड सहितका सेवाहरु दिन सकिने जानकारी दिनु भयो ।
ग्रमीण उघम तथा आर्थिक विकास आयोजनाको आर्थिक सहयोगमा बन्न लागेको १० कोठाको भवनको ठेक्का रु. २ करोड ४० लाख ४० हजारमा सियम कन्ट्रकर्सनले लिएको छ । २०८२ साल बैशाख मसान्त सम्म काम सम्पन्न हुने छ गौर नगरपालिकाका नगर प्रमुख साहले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -