spot_img
Homeदेशमधेशआँखा परिक्षण शिविरमा १०२ जनाको परिक्षण

आँखा परिक्षण शिविरमा १०२ जनाको परिक्षण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३२ साउन ।
रास्ट्रिय दलित पत्रकार संघ पर्साद्वारा आयोजित आँखा परिक्षण शिविरमा १०२ जनाको परिक्षण गरिएको छ ।
संघका अध्यक्ष श्याम पासवानको नेतृत्वमा वीरगंज महानगरपालिका वडा नं. ८ स्थित गहवामा आयोजित निःशुल्क आँखा शिबिरमा परिक्षण गरिएको १०२ जना मध्ये २५ जनामा मोतिया विन्दु फेला परेको छ ।
वीरगंज सामुदायिक आँखा अस्पतालको सहयोगमा आयोजित शिविरको नेकपा (एस) पर्साका अध्यक्ष बालगोपाल थापाले उदघाटन गरी प्रारम्भ गर्नु भयो ।
शिविरमा आँखा परिक्षण गरिएका मध्ये फेला परेका मोतिया विन्दुको विरामीहरुको भदौ २ गते निःशुल्क शल्यक्रिया गरिने सो अस्पतालका संचालक डा.महेश्वर धामिले जानकारी दिनु भयो ।
शिबिरमा रास्ट्रिय दलित पत्रकार संघका सल्लाहकार द्वय बृजलाल पासवान, सुवास राम, उपाध्यक्ष सुरेश बादल, दलित अभियान्ता निला राम, स्थानीय अगुवा उमेश ठाकुर, वडा सदस्य संगीता दास लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -