सहारा दैनिक

spot_img
Homeदेशभेप (ईलेक्ट्रीक चुरोट) र चाँदि सहित १ पक्राउ

भेप (ईलेक्ट्रीक चुरोट) र चाँदि सहित १ पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ साउन ।
सशस्त्र प्रहरी बल पर्साले लाखौं मुल्य बराबरको भेप (ईलेक्ट्रीक चुरोट) र चाँदि सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्र.सी.सु. गुल्म वीरगंजबाट खटिएको गाडी मोबाइल टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेट नजिक चेकजांच गर्ने क्रममा टांगाबाट भेप (ईलेक्ट्रीक चुरोट) ४५० थान बरामद गरेको हो ।
वीरगंजबाट भारत तर्फ जादै गरेको टांगा चेकजांच गर्दा टांगा भित्र फल्स बटम बनाएर लुकाई छिपाई राखेको रु. १३ लाख ८५ हजार मुल्य बराबरको भेप (ईलेक्ट्रीक चुरोट) बरामद भए पछि घोडा सहितको टांगा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
त्यसै गरी भन्सार मेनगेट नजिक भारतबाट नेपाल तर्फ झोला बोकेर पैदल आउदै गरेको भारत बिहार पुर्वी चम्पारण, घोडासहन ग्राम पोष्ट. ११ बासुकीनाथ बस्ने अ.वर्ष १८ को गोपाल कुमार लाई शंका लगेर चेक जाँच गर्दा निजले बोकेको झोला र शरिरमा बेरेर लुकाई छिपाई राखेको अवस्थामा रु.३ लाख २५ हजार ६ सय ५० मुल्य बराबरको २ किलो १७१ ग्राम चाादि भेटिए पछि निजलाई चाँदि सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -