सहारा संवाददाता–––––––––––––––
कलैया, ३१ साउन ।
बारा प्रहरीले ६२ किलो लागू औषध गाँजा सहित वेवारिसे अवस्थामा हाईस गाडी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा मातहतका प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ हुलाश फ्याक्ट्री स्थितबाट लागू औषध गाँजा सहित वेवारिसे अवस्थामा हाईस गाडी नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले पथलैया चोक स्थित नियमित चेक जाँच गर्ने क्रममा ना १ ज ८४५८ नम्बरको हाईस गाडीलाई रोक्न खोज्दा नरोकी फरार भए पछि शंकास्पद लागेर ऊक्त गाडीलाई खोज तलास गर्दै जाने त्रममा जीतपुर सिमरा उमनपा वडा नं.१ हुलाश फ्याक्ट्री स्थित रोकी राखेको अवस्थामा उक्त गाडी नियन्त्रणमा लिई चेक जाँच गर्दा गाडी भित्र लुकाई छिपाई राखेको लागू औषध गाँजा ६२ किलो बरामद भएको जिप्रका बाराले जनाएको छ ।
सो लागु औषध सहित गाडि नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box