सहारा दैनिक

spot_img
Homeदेशछुट्टाछुट्टै घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

राजविराज, ३० साउन (रासस)
सप्तरीमा आज छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
घरको पर्खाल (वाल) प्लास्टर गर्ने क्रममा राजविराज नगरपालिका–५ मा एक मजदुर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दुण्डीराज न्यौपानेले स्थानीय राजाराम दासको घरको पर्खाल (वाल) प्लास्टर गर्ने क्रममा राजविराज–९ मलेठका ४० वर्षीया उर्मिला महतोको मृत्यु भएको जानकारी दिनुभयो ।
पर्खाल झर्दा निजको टाउको, हात र शरीरमा चोट लागेर घाइते भएकी महतोको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–३ शम्भुनाथ मन्दिर जाने बाटोमा आजै एक पुरुष मृत्य फेला परेका छन् । निजको पहिचान खुल्न सकेको छैन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -