सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३० साउन ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अधिकार प्राप्तीका लागि संघर्ष गर्ने थलो सडक मात्रै भएको बताउनु भएको छ ।
जनमत पार्टी पर्साद्वारा वीरगंज ब्रहृम चोकस्थित ओम होटल एण्ड पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले संसदबाट अधिकार पाउने आश मरीसकेको बताउदै अब सडकमा संघर्ष गर्नुको विकल्प नभएको बताउनु भयो ।
उहाले संविधानमा लेखिदैमा निश्चिन्त हुने अवस्था नरहेको बताउदै कार्यन्वयनका लागि दबाब दिनुपर्नेमा जोड दिनु भयो ।
उहाले संसदमा बोल्न समेत प्रतिबन्ध लगाइएको दावी गर्नु भयो । अध्यक्ष डा. राउतले दुई दलीय व्यवस्थामा जाने चर्चा चलीरहेकोमा चिन्ता व्यक्त गर्दै देशलाई संकटमा पार्ने षड्यन्त्र भइरहेको पनि दावी गर्नु भयो ।
उहाले ठूला दलले संघीयता शब्द सुन्न नचाहने बताउदै सबै अधिकार सिंह दरबारमै राख्ने खेल खेलीरहेको आरोप लगाउनु भयो ।
कार्यक्रममा नव प्रवेशीहरुलाई स्वागत गर्दै उहाले जनमत पार्टीमा सबैलाई जिम्मेवारी र स्वाभिमान मिल्ने आश्वासन बताउनु भयो ।
संसदबाट अधिकार पाउने आश मरिसके–डा. राउत
Facebook Comments Box
सम्बन्धित खबर